झापाली युवाले इलामको रोङमा खोले ४ करोडकोे लगानीमा पर्यटकमैत्री रिसोट



इलाम । झापा मेचीनगरका एक युवा व्यवसायीले मेची राजमार्गको इलामको रोङ्ग गाउँपालिका —३ कुटीडाडामा ४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन् ।
स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयको ५६ रोपनी जग्गा ५० वर्षका लागि ‘लिज’मा लिएर बाह्य एवम् आन्तरिक पर्यटकलाई लक्षित गदैं मेचीनगर—७ आयावारीका युवा व्यवसायी बीरबहादुर कट्वालले नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेदेखि ‘इलाम पाथीभरा दर्शन प्रालि हिल वड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा ल्याउन लागेको सञ्चालक कट्वालले बताए ।
करिव २ वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएको उक्त रिसोर्टको तयारी अन्तिम चरणमा पुगेको सञ्चालक कट्वालले बताए । यसका लागि उनलाई पदम क्षेत्री, किसन थापा र रोज पौडेलले साथ सहयोग दिइरहेका छन् । स्ट्याण्डर, डिलक्स तथा सुपरियर गरी १२ वटा कोठा रहेको होटल एण्ड रिसोर्टमा नेपाली परम्परागत खानाका साथै इण्डियन तथा चाइनिज खाना उपलब्ध हुने यसको व्यवस्थापनको जिम्मेवारी सम्हालेका किसन थापाले बताए ।
झापाहुदैं पूर्वी पहाडी इलाम, पाचथर, ताप्लेजुङ जिल्लासहित र आसपासका अन्य जिल्लालाई समेत छुने मेची राजमार्गमा अहिलेसम्म सुविधा सम्पन्न रिसोर्ट नभएका कारण विदेशी पर्यटकसहित आन्तरिक पर्यटक समेत राम्रो खानेकुरा र बास बस्ने ठाउँको खोजीमा थिए । सञ्चालक कट्वालकै भनाईमा झापा, इलाम पाचथर र ताप्लेजुङ तथा अन्य जिल्लाका पर्यटन व्यवसायीहरुको सल्लाहमा यो रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । ‘करोडौं रकम खर्च गरेर यो रिसोर्ट यहाँ सञ्चालनमा ल्याउनुको मेरो पहिलो उद्देश्य पनि आन्तरिक एवम् बाह्य पर्यटकलाई लक्षित गरेर नै हो’ सञ्चालक कट्वालले भने— ‘पर्यटकको रोजाई अनुसारकै खानपिन, बसोबास घुमफिर गर्ने ठाउँ नै हाम्रो पहिलो प्राथमिकतामा हुनेछ ।’
विभिन्न परीकारको स्वादमा इलाम आउने पर्यटकले करीव ५ सय मिटर नजीकै रहेको सानो पाथीभराको दर्शन कन्याम, माइपोखरी, पशुपति नगरलगायतका धेरै धार्मिक एवम् पर्यटकीय क्षेत्र र निक्कै मनोरम दृश्यको अवलोकन गर्न सकुन भन्ने उद्देश्यले व्यवसाय सञ्चालनका लागि यहि ठाउँ रोजिएको कट्वालको भनाई छ । आर्कषक रंगरोगनले सिगारिएका तलैतलाका हेदैं चिटिक्क देखिने बेहुली सिगांरिए झै लाग्ने ५ वटा भवनमा सुत्ने कोठामा व्यवस्था मिलाइएको छ । कोठामा बसीसकेपछि कसैले पनि आफुलाई असुरक्षित महसुश गर्नुपदैंन । प्रत्येक कोठामा सीसी क्यामरासहित एलइडीदेखि सञ्चार सेवा समेतको सुविधा छ । स्नानका लागि तातो एवम् चिसो रोजाइ अनुसारको पानी उपलब्ध छ । साथै ग्राहकले चाहे अनुसार खानाका लागि फस्टफुडको व्यवस्था समेत मिलाइएकोछ । यससँगै गाडी रिजर्भ, अन्य ठाउँ जानका लागि टिकटको व्यवस्था समेत रिसोर्टबाटै उपलब्ध हुने छ ।
‘यसक्षेत्रका लागि यो व्यवसाय नमूना नै हुन्छ ’ सञ्चालक कट्वालले भने—‘ एकजना पर्यटकले अपेक्षा गरे अनुसारको सवै सेवा सुविधा उपलब्ध गराउने हाम्रो योजना छ त्यसै अनुसार हामीले काम गरीरहेका छौ । रिसोर्टले शुद्ध शाकाहारी र विभिन्न धार्मिक स्थलको दर्शन गर्न आउने भक्तजनका लागि प्रसादका सामग्री समेत उपलब्ध गराउने छ । १५ देखि २० जनाले रोजगारको अवसर पाउने बताउँदैं उनले भने—‘हाल ६ जनाले रोजगार पाइरहेका छन् ।’ सुन्दर र शान्त वातावरणका कारणले पनि रिसोर्टमा आन्तरिक एवम् बाह्य पर्यटकको जमघट हुने विश्वास सञ्चालकको छ ।
रिसोर्टमा आउने ग्राहकका लागि उनीहरुकै रोजाइको खानेकुरा बनाउन लागि कुक तथा वेटर गरी ५ जनालाई दुवईको फाइव स्टार होटलमा कार्यरत प्रशिक्षकबाट तालिम प्रदान गरिएको थापाले बताए । सस्तो मुल्यमा मिठो ताजा अनि अग्र्यानिक खानाका साथै इलामका विभिन्न ठाउँको भ्रमण गराउनु र उनीहरुलाई सन्तुष्ट प्रदान गर्नु यसको मुख्य उद्देश्य पनि हो । कम्ति मा ३ देखि ४ वर्षभित्रमा आफ्नो लगानी उठाउने अपेक्षा सञ्चालक कट्वालको छ ।
‘वास्तवमै पर्यटन व्यवसायी र पर्यटकले खोजे अनुसारको ठाउँ र डिजाइनमा यो रिसोर्ट निर्माण भएको छ ’ झापाली पर्यटन व्यवसायी एवम् शिक्षासेवी शंकर भट्टराईले भने—‘पर्यटक भित्रियाउछु भनेर मात्र हुदैंन सवैकुरा पर्यटकमैत्री हुन जरुरी छ, यो रिसोर्ट साच्चैको पर्यटन मैत्री बन्ने कुरामा कुनै द्विविधा छैन् । हामी जस्ता पर्यटन व्यवसायीहरुले रोजे तथा खोजे अनुसारको रिसोर्ट लामो समयपछि भएपनि निर्माणको अन्तिम तयारीमा पुगेको छ यसले हाम्रो कारोवारमा समेत वृद्धि हुने कुरामा आम झापा पर्यटन व्यवसायी आशावादी छौ ।’
केही दिनअघिमात्र ट्राभल व्यवासायी संघ झापाको नेतृत्वमा आइपुगेको पर्यटन व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले रिसोर्टको अध्ययन अवलोकन गरेको थियो । ‘आन्तरिक हुन वा बाह्य पर्यटकले इलाम भनेकै कन्याममात्रै हो भनेर बुझे ’ ट्राभल व्यवासायी संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले भने ‘पर्यटकले रोजे र खोजे अनुसारका सुविधा सम्पन्न होटल लज भए कम से कम एकरात भएपनि इलाममा विताउँछन् आज यसक्षेत्रको माग यो रिसोर्टले पुरा गरेको छ । ’
नेपालमा लामो समयसम्म चलेको द्वन्द अन्त्य भएको छ । स्थिर र बहुमतको सरकार छ । सरकार लाखौं पर्यटक भित्रियाउने सोचका साथ अघि बढेको छ, तर, पर्यटकले खोजे अनुसारको होटल लज छैनन् । यसले गर्दा पनि यस्ता सुविधा सम्पन्न रिसोर्टहले पर्यटको संख्यामा बृद्धि गर्न सक्छन् । अनि नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय फस्टाउन सक्ने कार्की बताउँछन् । साझामञ्चबाट साभार 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता