आफू भित्रको एकता नमिल्दा स्ववियु निर्वाचन रोक्न लागे अखिल र क्रान्तिकारी : शाह

काठमाडौं , १ फागुन :   नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनबाट नभाग्ने बताएका छन। सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा आफ्ना धारना राख्दै नेता शाहले नेपाल एमाले र नेकपा माओवादीको एकता प्रक्रिया निमिल्दा अखिल क्रान्तिकारी र अखिल अहिले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट भाग्न खोजेको आरोप समेत  लगाएका छन। शाहले नेपाल विद्यार्थी संघको बिवादको प्रसंग उठाउदै पार्टीले  अब नेपाल विद्यार्थी संघको नयाँ तदर्थ समिति ल्याउने तयारी गरेको पनि शाहले जानकारी दिए।
 शाहले नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको आदर्श र निर्देशनमा चल्नु पर्ने पनि जिकिर गरे। नेपाल विद्यार्थी संघ भित्र बिवाद हुदा पार्टी पनि बिवादमा पर्ने भन्दै शाहले अब बन्ने नेपाल विद्यार्थी संघको नया तदर्थ समिति परिपक्व समिति आउने पनि शाहले बताए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता