सात खाल्डे सहिद स्मृति गोल्डकपः आयोजकलाई हराउँदै सूर्योदय सेमिफाइनलमा


इलाम, १ फागुनः इलामको नेपालटारमा भइरहेको दोस्रो सात खाल्डे सहिद स्मृति गोल्डकपको आजभएको उद्घाटन खेलमा आयोजकलाई  १–० ले हराउँदै सूर्योदय स्पोटीङ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । 
नेपालटार मा.वि.को खेलमैदाना भएको खेलको २० आँै मिनेटमा विमल राईले गरेको एक गोल नै खेलको निर्णायक गोल बन्यो । खेल अवधि भरी दुवै टिमले निकै राम्रा राम्रा अवसरहरु गुमाएका थिए ।
नेपाल तरुन दल इलाम क्षेत्र नं. ३ ले आयोजना गरेको खेलको फाइनल खेल ७ गते हुने छ । साविक मेची अञ्चलका ८ ओटा टिमको सहभागिता रहेको  प्रतियोगितामा विजेताले १ लाख पाँचहजार र उपविजेताले ५१ हजार  पाउने छन् । प्रथम पुरस्कार नेपाली कांग्रेसका नेता तथा समजसेवी डम्बर खड्काले उपलव्ध गराएका हुन ।
खेल शुरु हुनु पूर्व भएको औपचारीक कार्यक्रमा नेपालीकाँग्रेसका केन्द्रिय नेता धनराज गरुङले सहिदहरुको सम्झना गर्दै सवैजना उनीहरुको सपना पुरागर्न लागि पर्नुपर्ने वताएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता