इलामको पशुपतिनगरमा अवैध सामान, पिकअफ सहित भारतिय नागरिक पक्राउ

इलाम, १ फाल्गुनः इलामको पशुपतिनारबाट अवैध सामन सहित एक जना भारतिय नागरिक प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुकी  सुर्योदय नगरपालिका वडा नं. २ स्थित चार माइलबाट पशुपतिनगर बजार आउने बाटोबाट अबैध भन्सार छली WB-78-2686  नम्बरको भारतिय गाडीमा भारतबाट नेपाल तर्फ लोड गरी अबैध ब्लाङ्केटहरु लिई आँउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको प्रहरी टोलीले ३२० थान व्लाङ्केट सहित पिकअफ र भारत , दार्जिलिङ , ओकाइटी स्कूल डाँडा वडा नं.१ बस्ने बर्ष ३१ को अजित राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता