संस्कार सिकाउदै जनकल्याण प्रतिष्ठान

  • बिमल अधिकारी 

देउमाइ १ फाल्गुणः संस्कार र सस्कृती सिकाउन जितपुरको दत्तात्रय मन्दिरमा पाच दिने अभ्यास बर्ग (तालिम) को शुरूवात भएको छ। 
 जनकल्याण प्रतिष्ठान नेपालको एकल विद्यालय योजना अन्तर्गत यस अघि उत्पादित शिक्षक(आचार्य )हरुलाइ पुनर्ताजगी तालिमका रुपमा यो कार्यक्रमको शुरूवात भएको बताइएको छ। २०५२ सालमा जनकल्याण प्रतिस्ठान नेपालले धादिङको नौबिसेबाट शुरूवात गरेको यो एकल विद्यालय योजना अन्तर्गत हाल नेपालमा जम्मा २७०० वटा केन्द्र संचालित छन। 
एक जना शिक्षकले एउटा विद्यालमा एक्लै पढाउने भएकोले यसलाई एकल बिद्यालय भनिएको बताइएको छ। यश अभियान अन्तर्गत संस्कार, सस्कृती, रितिरिवाज, नेपालीपन, राष्ट्रियता आदिको बारेमा बालबालिकाहरुलाइ प्रशिक्षित गराउदै आएको यसै सस्थाका एक नम्बर प्रदेश प्रशिक्षक अर्जुन कुमार भट्टराईले बताउनुभयो। 
 सोही अन्तर्गत देउमाइ , इलाम र सुर्योदय नगरपालिकामा यश अभियानमा कार्यरत ४० जना आचार्यहरुको यो अभ्यास बर्ग (तालिममा) सहभगिता रहेको छ। देउमाइ नगरपालिका वडा न नौ का वडाध्यक्ष प्रेम सागर बरालको सभापतित्वमामा सम्पन्न उदघाटन कार्यक्रम देउमाइ नगरपालिका नगर प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता