खेलाडी तथा प्रशिक्षक संघमा ताम्राकार

इलाम, १ फागुनः ‘सबैको लागि स्वास्थ्य, स्वास्थ्यको लागि खेलकुद आजैबाट स्वस्थ्य बनौं‘ भन्ने मुल मन्त्रको साथ स्थापित नेपाल खेलाडी तथा प्रशिक्षक संघको इलाम जिल्ला शाखा बुधबार गठन भएको छ । संघको केन्द्रिय सर्कुलर अनुसार विभिन्न जिल्लामा गठन हुदै आएको संघको इलाम शाखा पुर्व कराते खेलाडी तथा प्रशिक्षक एवम रेफ्री विजय ताम्राकार चयन भएका छन् । 
जिल्ला खेलकुद विकास समिति इलामको समन्वयमा विभिन्न खेल संघहरुको प्रतिनिधिहरुको उपस्थितिमा नयाँ समिति चयन भएको जिल्ला खेलकुद विकास समितिका इलामका अध्यक्ष बृहस्पती उपरकुटीले जनाएका छन् । नव गठित संघको उपाध्यक्षहरुमा एथलेटिक्सको तर्फबाट रोहित भट्टराई, हक्की खेलको तर्फबाट नेत्र तामाङ, सचिवमा उसु खेलका भिम पौड्ेल, कोषाध्यक्षमा टेबलटेनिसका विकास श्रेष्ठ, सहसचिवमा ब्याडमिन्टनका सुलोचना भक्तराज चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा तेक्वान्दोका संगीता तामाङ, फुटबलका बिक्रम श्रेष्ठ, बक्सिङका सुजन रञ्जितकार, बुद्धिचालका सुरेन्द्र राई, कबड्डीका नुना बस्नेत, करातेका शेखर गुरुङ, भारोत्तलनका अमृत बसेल, अन्य खेलहरुका बिमल ऐक्तेन, मानबहादुर राई, पवन राई, योगेन्द्र सुवेदी, कैलाश राई चयन भएको छ । संघको सल्लाहकारहरुमा योगेश चाम्लिङ, महेश श्रेष्ठ, दर्शन भक्तराज लगायतलाई चयन गरेको छ । समिति गठन कार्यक्रममा नयाँ समितिलाई जिल्ला खेलकुद विकास समिति इलामको आफ्नो जग्गा खोजी गर्न, खेल प्रशिक्षकहरुको व्यवस्था गर्नको लागि पहल गर्न सुझाव दिईएको थियो ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता