इलाम २ फागुनः

नेपाल पत्रकार महासंघ १ नं को प्रदेश समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ । अध्यक्ष बिक्रम लुईटेलको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघको प्रदेश साधारणसभा फागुन २९ र ३० गते इलामको श्रीअन्तुमा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभाका लागि महासंघ इलाम शाखालाई संयोजनको जिम्मेवारी दिइएको छ ।
बैठकले पत्रकार महासंघ प्रदेश समितिको भवन फागुनको दोस्रो साताभित्र शिलान्यास गरी निर्माण सुरु गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल पत्रकार महासंघको गत पुस ४ र ५ गते विराटनगरमा भएको राष्ट्रिय सम्मेलन प्रयोजनको लागि ११,८२०५० रुपैयाँ आम्दानी र १०,५७,६३१।– खर्च भई १,२४,४४९।– रुपैयाँ बचत भएकोमा गम्भीर विरामी भएका ४ पत्रकारहरुलाई जनही २५ हजार का दरले सहयोग गर्ने निर्णय अनुमोदन गरिएको माहसचिव ठालुप्रसाद गौतम ‘विवेक’ले बताउनुभयो ।
पत्रकार महासंघका प्रदेश समितिले क्यान्सर रोगबाट पीडित भई निधन भएकी पत्रकार सुभद्रा खड्काको परिवार, मृगौला प्रत्यारोपण गरी उपचारमा रहनुभएकी पत्रकार मायाँ पकुवाल र मृगौलापीडित भई नियमित डाइलासिस गराईरहनुभएका पत्रकार अमृतलाल श्रेष्ठलाई जनही २५ हजार सहयोग प्रदान गरिसकेको छ । यसैगरी उदयपुरकी गम्भीर विरामी पत्रकार रञ्जु दनुवारलाई २४ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
लोकल सन्देशबाट साभार
