सात खाल्डे सहिद स्मृति गोल्डकपः रेडहर्स इलाम र दमक भिड्दै

इलाम, २ फागुनः इलामको नेपालटारमा भइरहेको सात खाल्डे सहिद स्मृति गोल्डकपमा इलामको चर्चित क्लव रेडहर्स र दमक एकेटेमी झापा विचको खेल हुने छ । खेल नेपालटार मा.वि.को खेल मैदानमा दिउँसो १२ बजे देखि शुरुहुने छ ।
नेपाल तरुन दल इलाम क्षेत्र नं. ३ ले आयोजना गरेको खेलको फाइनल खेल ७ गते हुने छ । साविक मेची अञ्चलका ८ ओटा टिमको सहभागिता रहेको  प्रतियोगितामा विजेताले १ लाख पाँचहजार र उपविजेताले ५१ हजार  पाउने छन् । 
प्रथम पुरस्कार नेपाली कांग्रेसका नेता तथा समजसेवी डम्बर खड्काले उपलव्ध गराएका हुन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता