ओली सरकारको एक वर्ष पुरा, आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडाैं २ फागुनः आज प्रधानमन्त्री केपी शर्मा ओलीको दिनभरीको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आज वर्तमान सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोध गर्ने कार्यक्रम तय भएको प्रधान मन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभायो । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
त्यस्तै प्रधानमन्त्री ओलीले भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अन्तर्गत नेपाल पानीजहाज कार्यलय को उद्घाटन गर्ने कार्यक्रम छ । ललितपुरको एकान्तकुनामा विहान १० बजे कार्यलय उद्घाटनको कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवहरी सापकोटाले जनाकारी दिनुभयो । उता आजै सरकाले जनताको जलविद्युत आयोजना कार्यक्रम घोषण गर्ने भएको छ ।
उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयले कार्यक्रमको घोषण गर्ने भएको हो । विहान १० बजेर ३० मिनेटमा साष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता