- विनय तिम्सीना
इलाम, ३ फागुनः नेपाल कृषि प्रदान देश हो यहाँका अधिकांश मानिस कृषि पेशामा आवद्ध छन् । नेपालमा कृषि पेशा भन्दा पनि अहिले वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्या वढ्दै गएको छ ।

मलेसियामा रहदा स्वदेश फर्कन चाहने तर बेखर्ची भएका नेपाली श्रमिकहरुलाई भोजपुर र बाग्लुङ्गका साथीहरुले खोलेका पोल्ट्री तथा एग्रीकल्चर फार्म हाउसमा लगेर काम लगाईदिने गर्दथे । त्यही सिलसिलामा उनी कृषि फर्ममा आउने जाने क्रम बढ्दै गयो र त्यही फार्महाउसबाट प्रभावित बनेर हाल इलाममा पशुपक्षी तथा कृषि फार्म खोलेर ब्यवसाय गरेका छन । इलाम नगरपालिका ६ को बलानगाउँमा उनले फर्म खोलेका छन् । इलाम बजारबाट १५ मिनेट पैदल दुरीमा रहेको उनको फममा अहिले लोकल कुखुरा, वटाई, ट्रकी लगायत पक्षी पाईन्छ । पाल्नको लागि चल्ला तथा खानको लागि मासु दुवै उनको फर्म पाईन्छ ।
राईले अहिले १६ रोपनी जमिनमा अनुग्रह हेचरी पोल्ट्री एण्ड एग्रिकलचर फर्म दर्ता गरेनै शुरु गरेका छन् । १३ लाखको लगानीमा शुरु गरेको उनको फर्ममा ट्रकी, लोकल कुखुरा, वटाई पाउन सकिन्छ । उनले मासिक २०० मासुको लागि लोकल कुखुरा र ५०० भन्दा धेरै चल्ला उत्पादन गर्ने गरेका छन् । उनको फर्ममा ८÷९ केजीका दरका ट्रकी पनि रहेका छन् ।
अहिले बजारमा ज्यादै माग भइरहेको वटाई पनि उनले पालेका छन् । मासिक २०० भन्दा वढी वटाईको विक्री गर्ने गरेका छन् भने उनले वटाईको अण्डा १२०० को हाराहारीमा जाने गरेको छ ।
उनले बनाएको फर्मबाट वचेको बाँकी जमिनमा वेमौसमी तरकारी लागाउन शुरु गरेका छन् । माछापोखरी सहित कृषिमा काम गर्न थालेका राई भन्छन् वैदेशिक रोगारबाट फकिएर आएर स्वदेसमा स्थापितहुन समय लाग्ने रहेछ धेरै मेहेनत गरे विदेशमा भन्दा नेपालमा धेरै कमाई हुनेरहेछ ।

उनको फर्ममा अहिले ६ जनाले रोजगारी पाएका छन् । विदेशमा गएर वोटुलेको अनुभवले स्वदेशमा आएर राम्रो काम गर्न सकिने र विदेशबाट ल्याएको पैसा अनउत्पादक क्षेत्रमा लगानी गर्नु भन्दा उत्पादक क्षेत्रमा लागनी गरेर दिगो आयआर्जनको अवसर सृजना गर्न सकिन्छ भन्ने राम्रो उदाहरण देखाउन पनि उनी लागि परेका छन् ।