चौतर्फी ज्ञानदिन इजि केयर

धुलाबारी, २१ माघः इजि केयर किड्स वल्र्ड मेचीनगर –९को पाँचौ बार्षिकोत्सव सम्पन्न भएको छ । मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख उद्धव वार्षिकोत्सवको उद्घाटन गर्दै मन्टेश्वरी बालबालिकाको शिक्षाको पहिलो खुड्किलो भएको बताए । प्रमुख विष्टले इजि केयर अभिभावकको चाहाना अनुरुप बालबालिकाको चौतर्फी ज्ञानको विकास गराउन सफल भएको बताए । 
मन्टेश्वरीका अध्यक्ष राजीप प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इष्ट होराइजन बोडिङ स्कुलका प्रिन्सिपल सञ्जिव राई, मन्टेश्वरीकी सञ्चालक तथा कार्यक्रम संयोजक सपना प्रसाईं ओडारी र संस्थापक प्रिन्सिपल मात्रिका ओडारीले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक नृत्य, गायन, फेसन सो र राइम्स प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता