प्रधानमन्त्रीको इमानमा डँढेलो लाग्यो, पानी कसले हालिदिने ?

  • गगन थापा 

नेपाल सरकारलाई बधाई छ । एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो ।  त्यो पनि दुईतिहाईको सरकारसँग । यस्तो बलियो सरकार छ, सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको अपार सफलतामा ं सरकार बनाउने माननीय सासंदहरु खुसी नहुने कुरै भएन । तर खुसी हुने लाममा थुप्रै उभिएका रहेछन् । प्रत्येक बर्ष करिब १५ सय जति नेपाली विद्यार्थीहरु नेपाल बाहिर डाक्टरी पढ्न बाहिरे । डाक्टर केसीले आन्दोलन गरेर भने नेपालको प्रवेश परिक्षा पास नगरिकन खल्तीबाट मा पैसा बोकेर मात्र कोहि पनि बाहिर पढ्न जान पाउँदैन ।
१५ सय विद्यार्थी मध्ये यसो हेरेको करिब–करिब १२/१३ सयले नेपालको प्रवेश परिक्षा पास गर्न सक्दा रहेनछन् । बर्षको १२/१३ सय नेपाली विद्यार्थी बाहिर जानबाट रोकिए । यिनलाई बाहिर पढाएर यी सर्वाहाराहरुले आफ्नो पेट पालिरहेका थिए । स्वरोजगार भइरहेका थिए । डाक्टर केसीलाई देखाइदिई सकेपछाडि बाहिर पढाउने काम गर्ने जसको काम चौपट भएपछि, उनीहरु बडा खुसी भएका थिए । सरकारलाई बधाई छ ।
केहि मेडिकल कलेजहरु बाहेकका मेडिकल कलेजहरुले राम्रो गरिरहेका थिए । यहाँबाट अनुगन गर्न जाने टोलीलाई पनि पहिल्यै कुरा मिलाउथे । बिरामी पनि भाडामा ल्याउथे । डाक्टर पनि भाडामा ल्याउथे । १ सय जना पठाउन पाउने अनुमती प्रात्त गरेको मेडिकल कलेज भाडामा ल्याएको डाक्टर र भाडामा ल्याएको बिरामीको आधारमा करिब–करिब दुई सय सिट पाइरहेका थिए ।
डाक्टर केसीले आन्दोलन गरे । सिट संख्या घटेर सयमा पुर्यादिए । यतिमात्र होइन अनुगमन गरेर नक्कली डाक्टर आउने, नक्कली बिरामी आउने कुरालाई बन्द गराइदिए । र सय सिट संख्यामा घटाइसकेपछाडी करिब–करिब १ करोड हाराहारीमा पुग्न लागेको मेडिकल एजुकेशनको फ्रि ५० हुने ल्यादिए ।
यि मेडिकल कलेज सञ्चालन गर्न बिचाराहरु डाक्टरहरु संग औधी रिसाएका थिए । यि आज बडो खुसी भएका छन् । सरकारलाई बधाई छ ।
मेडिकल कलेजको सेक्टरमा थुप्रै अनिमियताहरु भयो भनेर डाक्टर केसीको आन्दोलनबाट उनले एउटा सरकारसँग माग राखे । त्यो माग अनुरुप सरकारले गौरी बाहादुर कार्कीको नेत्वृतमा पुर्व न्यायाधिसको नेतृत्वमा एउटा समिति बनायो । डाक्टर केसीले भने समितीले पु्ग्दैन, न्यायिक आयोग नै बनाउनुपर्छ । यो न्यायिक आयोगले थुप्रैलाई पोलेको छ । थुपैलाई डामेको छ । विश्वविद्यालयका पधारिकारी देखि लिएर थुप्रै नियमनकारी निकायका मानिसहरुलाई यसले यिनले गरेका गलत कामहरु बारेमा लेखेको छ, बोलेको छ ।
सरकारले अहिलेसम्म केहि पनि गर्न सकेको छैन । तर, ती सबै रिसाएका थिए । डाक्टर केसीलाई सरकारले देखाइलै गर्दा उनीहरु खुसी भएका छन् । को खुसी भएका छैइनन । सम्मानिय सभामुख महोदय । लोकमान सिंह कार्की देखि लिएर कालिका स्थानको टहरामा गएर मेडिकल कलेज सञ्चालन सम्म सरकारले डाक्टर केसीलाई देखाइदिएको मा खुसी भएका छन् । सरकारलाई फेरी पनि यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारको मन्त्रीपरिषद्ले चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानून बनाउँन मात्रै वाँकी छ, कम्रेड मनमोहनका लागि दुईतिहाई देख्न पाइएन, कम्रेड मार्सीमोहनका लागि दुईतिहाई देख्न पाइयो । सरकारलाई बधाई छ, सरकार बनाउँने पार्टीलाई बधाई छ ।
बधाईको पात्र सरकार मात्र होइन । सरकार बनाउने पाटी पनि भएको छ । हामीले दुई तिहाई–दुई तिहाई को दम्ब भनेर भन्यौ । तर, यो दुई तिहाई दम्ब केहिले पनि देख्न पाएका थिएनौ । यो संसदमा सम्मानित कुनै बेला अनाथ,अपांग बालबालिका निम्ति विशेष सामाजिक सुरक्षाको निम्ति कानुन बनाउने अवसर प्राप्त भयो । दुई तिहाई देख्न पाइएन भुमि हिन दलितको निम्ति एक पटकको लागि जीर्वीको पार्जन गर्नको लागि जमिन दिर्यौ र १० बर्ष उसले त्यो आर्फै बेचविखन सम्म पाउने गरीकन हक हस्तातरण गरि सम्सोधन दर्ता भयो । दुईतिहाई देख्न पाइएन । शिक्षामा राज्यको भुमिका बढाउ भन्दै गर्दा दुई तिहाई देद्यन पाइएन । स्वास्थ्यमा राज्यको भुमिका बढाउभन्दै गर्दा दुई तिहाई देख्न पाइएनन् । यस्ता अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारको मन्त्रीपरिषद्ले चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानून बनाउँन मात्रै वाँकी छ, कम्रेड मनमोहनका लागि दुईतिहाई देख्न पाइएन, कम्रेड मार्सीमोहनका लागि दुईतिहाई देख्न पाइयो । सरकारलाई बधाई छ, सरकार बनाउँने पार्टीलाई बधाई छ ।
दुईतिहाईले सुतेको डाक्टरलाई त उठाईदियो । सुतेको डाक्टर उठे । प्रश्न यहाँ डाक्टरको मात्रै होइन्, यहाँ त प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो । त्यो विश्वास कसले उठाइदिने ? प्रधानमन्त्रीको इमानमा डढेँलो लाग्यो, पानी कसले हालिदिने ? हुन त सम्माननीय प्रधानमन्त्री भन्दै हुनुहुन्छ । हाम्रो काम देखेर संसार आश्चर्यचकित भएको छ । नेपालीहरुले नबुझ्ने भएर भन्नुभएको हाला । देशभित्र घुमेर हेर्दै गर्दा आश्चर्य होइन्, यस्तो वितण्डावाजी तर्क र बागछलवादी प्रवृति देखेर जनता दिक्क भएका छन् ।………
चिकित्साशिक्षा विधेयक पारित भएको छ । पारित भएको चिकित्साशिक्षा विधेयकमा जुन प्वाल राखिएको छ, त्यो प्वालबाट छिरेर बदनियतका साथ जे गर्छु भनेर सोचिएको छ, त्यो गर्न दिइन्न । नेपाली कांग्रेस उभिन्छ र चिकित्सा शिक्षामा भएका सुधारमाथिको अवरोधलाई सृजना गर्न खोज्ने प्रत्येक कदमलाई यसले रोक्छ । त्यो हिम्मत पनि छ, त्यो नैतिक तागत पनि छ ।
(थापाले आइतबारको प्रतिनिधिसभामा व्यक्त गरेको विचारको चिकित्साशिक्षासम्बन्धी संक्षिप्त अंश)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता