मेगा बैकको रोङ शाखा उद्घाटन


  • गोबिन्द पौडेल 

रोङ, २०  माघः  इलामको रोङ गाउपालिकामा बिस्तारित मेगा बैक लिमिटेडको शाखा उद्घाटन गरिएको छ ।
रोङ गाउपालिका वडा नं ३ को हरकटेमा कार्यलय रहेको सो बैकको आज एक कार्यक्रमको साथ रोङ गाउपालिकाका अध्यक्ष समसेर राईले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राईले  नागरिकको आर्थिक उन्नतीको अभियानमा बैकले टोलटोलमा पुगेर नागरिकहरुलाइ सेवा दिन र नागरिकहरुले पनि जागर देखाउदै बैकलाइ आर्कषित गदै उद्यमशिल बन्न आग्रह गरेका थिए ।
रोङ गाउपालिकामा कार्यगर्न गत बैशाख २८ गतेदेखी सेवारत र सो  क बर्गाको बैक मुलुकमा स्थापित १ सय २ औँ बैक रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै  बैकका क्षेत्रिय प्रबन्धक अभिशेक काकीले बैक संचालनको लागि यस स्थानमा आएकोले यसको स्थाइत्वको लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा प्याप्सन प्रदेश नं १ का अध्यक्ष युवराज बाशिष्ट, हर्कटे खानेपानी सरसफाइ समितिका अध्यक्ष नरेस कुमार पौडेल, रोङ गाउपालिकाकी उपाध्यक्ष चन्न्द्र कला राई, रोङ ३ का वडाध्यक्ष मात्रिका बरालले समेत शुभकामना मन्तब्य राखेक  थिए  भने  बैकका शाखा प्रमुख प्रकास भट्टराइले अहिले सम्मको बैकको कारोबार संतोषजनक रहेको बताए ।
 आजनै सिरहाको लहान र अन्य २७ स्थानमा उद्घाटित छिटो र छरितो सेवा दिने प्रतिबद्धता रहेकोमेगा बैकमा ३ हजार संस्थापक शेयर धनी,२ लाख बढी साधारण सेयर सदस्य ६ लाख बढी ग्राहक रहृेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता