लायन्सले दियो ह्वीलचियर

बिर्तामोड, २० माघः लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले महोत्सवस्थलबाट आइतबार अपांगता भएका इश्वरचन्द शहनीलाई ह्वीलचियर वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोडमार्फत् उक्त ह्वीलचियर लखनपुरका ५० वर्षीय शहनीलाई प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर अनन्तप्रसाद भेटुवालले बताए । 
अपांगता भएका व्यक्तिलाई दिनका लागि लायन्स क्लबलाई अमेरिकाको टेक्ससबाट १८२ वटा ह्वस्लचियर प्राप्त भएको उनको भनाइ छ ।  सोही अवसरमा डिस्ट्रिक गभर्नर भेटुवालले छालादानसम्बन्धी सचेतना प्रदान गरेका थिए । महोत्सवस्थलमा आइतबार एकैदिन २५ जनाले छाला दान गर्ने फारम भरेको लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ताले बताए । 
महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदान कार्यक्रममा रगत दान गर्नेको संख्या ७५ पुगेको छ । सोमबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता