बुके बनाउन सिकाउँदै महिला उद्यमी


बिर्तामोड, २० माघः महिला उद्यमी संघ नेपालको आयोजनामा हाते बुके निर्माणसम्बन्धी तालिम बिर्तामोडमा  गरिएको छ । 
विभिन्न औपचारिक कार्यक्रमहरुमा मायाको चिनो वा स्वागतस्वरुप दिइने हाते बुके निर्माणमा देवी क्याम्पसमा अध्ययनरत २० बढी छात्रछात्राको सहभागिता रहेको र उनीहरुलाई ब्यवसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संघका झापा अध्यक्ष गोमा भट्टराइले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको प्रमुख आतिथ्य र देवी क्याम्पसका प्राध्यापक लेखनाथ भट्टराइको विशेष आतिथ्यमा तालिम उद्घाटन समारोह सम्पन्न भएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिथिहरुले आर्थिक सशक्तिकरणले घरेलु हिंसाको अन्त्य हुने धारणा राख्दै कुनैपनि संघसंस्थाले दिएको तालिमलाई ब्यवहारिक रुपमा प्रयोग गर्दै ब्यावसायिक बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि पूर्वेली, विशेष अतिथि भट्टराई र देवी क्याम्पसका स्ववियु सभापति पदमप्रसाद खड्काले शुभकामना मन्तब्य राख्नुभएको थियो । महिला उद्यमी संघ नेपालका अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत यसोदा चापागाईं र सञ्चालन नैनकला भट्टराईले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता