
काठमाडौं, २१ माघः अर्जेन्टाइनी फरवार्ड फुटबलर सर्जियो अग्विरोले आइतबार रातिको खेलमा ह्याट्रिक गरेका छन् । इंगलिश प्रिमियर लिगको खेलमा अग्विरोको ह्याट्रिकको मद्धतले म्यानचेस्टर सिटीले आर्सनललाई पराजित ३–१ ले पराजित गरेको हो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए ।
११औं मिनेटमा कोसिन्लीले बराबरी गोल फर्काएका थिए ।४४औं मिनेटमा अग्विरोले रहिम स्टर्लिङको पासमा अग्विराले गोल गर्दै सिटीललाई पहिलो हाफमा २–१ ले अघि बढाए । ६१औं मिनेटमा अग्विरोको ह्याट्रिक गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ । लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको २५ खेलबाट ३९ अंक पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । सिटीसँग पराजित आर्सनलको छैटौं स्थानमा झरेको छ । आर्सनलको ४७ अंक छ ।
प्रिमियर लिग अन्तरगत आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भयो ।
युनाइटेडको जितमा खेलको नवौं मिनेटमा मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टरको ४८ अंक रहेको छ । लेस्टर ३२ अंकसहित ११औं स्थानमा छ ।
अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरले क्लबको जिम्मेवारी सम्हाले यता अपराजित रहेको युनाइटेडको यो लगातार १० खेलमा नवौँ जित हो । तेस्रो स्थानको टोटनह्यामको ५७ तथा चौथो स्थानको चेल्सीको ५० अंक छ