माइभ्याली गोल्डकपको तयारी शुरु, होला त पहिला जस्तै हरियो खेल मैदान

  • बिनय तिम्सीना 

इलाम, २१ माघः इलाममा  माइभ्याली गोल्डकपको तयारी शुरु गरिएको छ । नेपालकै चर्चित फुटबल प्रतियोगिता माईभ्याली गोल्डकपको पाँचौ संस्करण सञ्चालनको लागि यस अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको थियो । 
नेपाली सेनाको स्वमित्वमा रहेको इलामको ठूलो टुँडिखेलमा हुने यो प्रतियोगिताको लागि आयोजक माइभ्याली फुटबल क्लवले खेल मैदाको मर्मत तथा चौर हरियो बनाउने काम केही दिन अघि देखि शुरु गरेको छ । त्यस्तै खेल हेर्नको लागि बाँसको अस्थायी प्यारापिट बनाउने काम पनि शुरु गरि सकेको छ । 
केही समय पहिले खेल सञ्चालको लागि माइभ्याली फुटबल क्लवको नेपाली सेनाकोखेल मैदानमा विवाद भए पनि अहिले भने समस्या सामाधान भई सकेको छ ।
चौथो संस्करणको मैदानले धेरै दर्शक तथा खेल प्रेमिलाई लोभियाएको र अहिले पनि खेल मैदानमा चौर हरियो बनाउन लागि रहेको वताउँछन् माइभ्याली फुटबल क्लवका महासचिव दिनेश काफ्ले बाउँछन् । उनले भने समयमा नै खेल मैदनमा पनि लागाएर मर्मत गर्न पाएको भए चौथो संस्करणको जस्तै हरियो चौरमा खेल हुने थियो तर अलि ढीला भए पनि हामी निरन्तर मलजलमा लागि रहेका छौ मैदानको सवै भागमा नभए पनि केही भागमा भने मैदान हरियो बनाउँने छौँ ।
अहिले खेल मैदानमा पानी लागउने मर्मत गर्ने र अस्थायी प्यारापिट बनाउने काम भइरहेको छ । वर्षेनी अस्थायी प्याराफिटमा ५ लाख भन्दा वढि लागनी गर्ने गरेको पनि माइभ्याली फुटबल क्लवले बताएको छ । खेल मैदानमा स्थायी प्यारापिट नभएको कारणले गर्दा पनि खेल सञ्चालनमा कठिनियाई हुने गरेको छ ।
यात एन्फाले पनि मोफसलका प्रतियोगिताहरुलाई राम्रो नजरले हेरेको र इलाममा हुने माइभ्याली गोल्डकप राम्रो प्रतियोगिताको रुपा हेरेको र यसलाई सफलबनान भरपुर सहयोग गर्ने वताउँछन् एन्फाका केन्द्रीय सदस्य निरोज खडगी
इलाममा सञ्चालन हुने माइभ्याली गोल्डकपमा १० वटा टिमको सहभागिता रहने छ ८ वटा नेपालका टीम र दुई वटा विदेशी टीमको खेल दर्शहरुले हेर्न पाउँने छन् । नेपालका एडिभिजनका ६वटा क्लवहरु नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी, मनाङ मस्यन्द्री, थ्रीस्टार र संकटा क्लव सहभागि हुने छन् भने आयोजक माइभ्याली ११ र झापा ११ को सहभागिता रहने छ । विदेशी टीमा भारतको दार्जिलिङ्गको टीम र हङ्कङको टीम सहमागी हुने आयोजकले जानकारी गराएको छ । 
प्रतियोगीताको विजेताले सातलाख नगद र ट्रफि पाउने छ उपविजेताले ४ लाख र प्रत्येक खेलको म्यानअफद म्याचले १० हजार र म्यानअफद टुर्नामेन्टले टीभीएसको आरटीआर बाइक पाउने पनि आयोजकले जानकारी गराए ।
हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता