
इलाम, २१ माघः नेपाली कांग्रेसले देशभरी विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत आज इलाममा पनि विरोध र्याली निकालेको छ । इलामको ठूलो टुँडिखेलबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेर चोक बजारको लाँकुरी चौतारीमा सभामा परिणत भएको थियो । जिल्ला सचिव खगेन्द्र देवानले सञ्चालन गरेको सभामा इलाम सभापति हिमालय कर्मचार्य, नेता टीएन भट्टराई, भेषराज आर्चाय लागयतको उपस्थिति थियो ।





