इलाम कारागार बन्यो औद्योगिक क्षेत्र

इलाम, २४ माघः  कैदीहरु आफुले पाएको सीपबाट इलाम कारागार अहिले बाँस, ढाका र काठका फर्निचर निर्माण गर्ने उद्योगको रुपमा विकास भएको छ । कारागारमा बस्दा पिडा अनुभव गर्ने भन्दापनि सुधारिएर समाजमा पुनःस्थापना गराउने उदेश्यले सीपमुलक तालिम प्रदान गरिएपछि कारागार क्षेत्र उद्योगको रुपमा विकास भएको हो ।
कैदिलाई सिप प्रदान गरेपछि इलाम कारागार अहिले औद्योगिक क्षेत्र जस्तै देखिन्छ । २ सय ५१ कैदि रहेको इलाम कारागारमा कैदिहरुलाई फर्निचर, बाँसका सामग्री, ढाका र घर सजावटका सामग्री बनाउने तालिम दिएपछि उद्योगमा रुपान्तरित भएको छ ।
खुल्ला क्षेत्रबाट कारागार पुगेका युवा युवतीहरु कैद भुक्तानसँग सिप सिकेर फर्निचर र घर सजावटका सामग्री बनाउने सीपलाई गतिलो आम्दानीको श्रोत बनेको कैदीहरु बाउँछन् ।
अदालतबाट दोषि ठहर भएका युवा युवतीहरु कैद भुक्तान गरेर समाजमा फर्किदा रोजगारका लागि गाह्रो नहोस भनेर कारागार प्रशासनले हरेक वर्ष सीप प्रदान गर्दै आएको छ ।
सीप प्रदान गरेपछि कारागारका ४० जना कैदीले बाँसका फर्निचर, २० जनाले काठको फर्निचर, ६० बढीले ढाका कपडा र बाँकीले घर सजावटका सामग्री उत्पादन गरि बजारमा बिक्रि गर्दै आएका छन् । कारागारमा बस्दा पिडा अनुभव गर्ने भन्दापनि सुधारिएर समाजमा पुनःस्थापना गराउने उदेश्यले सीपमुलक तालिम प्रदान गरिएको कारागार प्रशासन प्रमुख भक्त बहादूर खड्का बताउनुभयो ।
कैदीहरुले उत्पादन गरेको सामग्रीको बिक्रिमा समस्या आएमा कारागारमा प्रशासनले सहयोग गर्दै आएको छ । कैदिहरुले काठका लो बेड, कुर्सी, बेड, पलङ, सोफा, बाँसका फर्निचर, मुडा, राउण्ड टेवल, ढाका र घर सजावटका सामग्री उत्पादन गर्दै आएका छन् । कैदिहरुलाई घरेलु तथा साना उद्योग विकास समिति, संघसंस्थाले सीप प्रदानमा प्राविधिक र आर्थिक सहयोग गर्दै आएका छन् । पछिल्लो पटक बाँसका सामग्री बनाउने डेढ महिनाको तालिम घरेलु तथा सना उद्योग विकास समितिले प्रदान गर्दै आएको छ ।
धनुकटाबाट बाँसको फर्निचर बनाउने शिक्षक बोलाएर तालिम प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सत्यनारायण राईले बताउनुभयो । बाँसको फर्निचर बनाउने तालिमा २० बढी कैदीहरुले सिप सिक्दै आएका छन् । इलाममा कच्चापदार्थ बाँस प्रशस्त मात्रामा पाइने भएकाले कैदीहरुलाई रोजगार प्रदान गर्ने उदेश्यले तालिम प्रदान गरिएको हो ।
लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता