मालपोत बुझाउन पाउदा पाटापुर बासी खुसी, रोङ गाउपालिकाले दियो भारी छुट

गोबिन्द पौडेल  
रोङ २४ माघः जग्गाको लालपुर्जा बोकेर पनि स्वामित्व लिन नसकेका रोङ ६ पाटापुरका सुकुम्वासीहरुले भारी छुटका साथ  मालपोत बुझाउन पाउदा खुसी भएका छन् ।
बिगत २३ बर्ष देखी आफ्नो नाममा जग्गा दर्ता भएपनि सो जग्गाको मालपोत समेत बुझाउन नपाउदा जग्गाको स्वामित्व लिन नसकेको अवस्थामा  रोङ गाउपालिका गाउँसभाको निर्णयनुसार पाटापुरमा गत माघ १७ र १८ गते घुम्ती सिबिर संचालन गरि विधिवत रुपमा मालपोत संकलन कार्यको शुरुआत गरिएको थियो ।
८६ परिवारका १ हजार पाच सय ५८ रोपनी जग्गाको मातपोत बुझ्ने कार्यको गाउपालिका अध्यक्ष समसेर राईले स्थानीय अगुवा भक्त बहादुर राई उपाध्यक्ष चन्द्रकला राईले स्थानीय कुल बहादुर राई र  र जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगरले जस बहादुर तामाङ्गको आमा सुन्दरी माया तामाङ्गलाई मालपोत रसिद हस्तानतरण गरि उद्घाटन गरेका थिए । 
धनीपुर्जा पाउन नसक्दा निरास बनेका पाटापुरबासीहरु रोङ गाउपालिकाले टंक थापाको संयोजकत्वमा ब्यवस्थित बसोबास समिति बनाएर बिगतदेखी बर्तमान सम्मको  कार्यहरुको अध्ययन गरि भएका प्रकृयाहरु, बास्तबिक अवस्थाको अध्ययन र आवश्यक निर्णयहरु सहित अगाडी बढेपछि  पाटापुरको समस्या समाधान उन्मुख बनेको थियो ।
यसैगरि बिगत २३ बर्षदेखीको एकमुस्ट मालपोत रकम र हर्जना तिनुपर्दा नागरिकहरुलाइ ठूलो आर्थिकभार पर्ने भएपछि रोङ गाउपालिकाको कार्यपालिकाको  पुष २५ गते बसेको बैठकले हालसम्मको हर्जना र बढ मालपोत रकमलाइ भारी छुट दिदै प्रतिरोपनी रु ५ का दरले लिने निर्णय गरेको थियो ।
आफु २०२१ सालदेखी जग्गा फडानी गरेर बसेका भएपनि नागरिकहरुलाइ तत्कालिन सरकार र ब्यवस्थाले पटक पटक दुख दिने र धपाउने गर्दै आएको बिगतमा समस्या समाधान गर्नको लागि कुनै पनि सरकार र नेताले केही सहयोग नगरेको भएपनि  अहिले रोङ गाउपालिकामा जनप्रतिनिधिहरु आएपछि आफुहरुलाइ ठूलो राहत मिलेको स्थानिथ ७० बर्षिय बृद्ध भक्त बहादुर राईले बताए । आफुहरुले अनेक प्रयास गर्दापनि जग्गा भोगको करसमेत तिर्न नपाउदा जग्गा मेरो हो की हैन भनेर दुबिधा रहेकोमा अहिले मालपोत तिरेर स्वामित्व लिन सकिने गाउपालिकाको निर्णय सबै पिडीत पाटापुर बासीले न्याय पाउन लागेकोमा एकदमै खुसी रहेको स्थानिय संगिता राइले बताए ।
ऐन कानुनको पालना गदै नागरिकहरुलाइ हुने सम्मको सेवा र सुबिधा सरल र् सहज तरिकाले दिन आफुहरुले गरेको प्रतिबद्धता अनुसार नागरिकहरुको हरेक  समस्यामा आफुहरु सहजकर्ता बनेर लागिरहने वडा नं ६ का वडाध्यक्ष मनिकुमार स्याङ्गबो सुवासले बताए । प्रतिबद्धता अनुसार एउटा अभियान सकिएको भएपनि नागरिकहरुलाइ आर्थिक रुपमिा सवल बनाउने कार्यबाकी रहेकोले उक्त जमिनको अधिक्तम प्रयोग गरि साना किसान सहकारीमा अबद्ध भएर कृषि कर्मबाट जीवनस्तर सुधार गर्न टोलबासीलाइ वडाध्यक्षको अनुरोध रहेको छ ।
रोङ गाउपालिकाले  गत बर्ष सम्म जग्गाको मालपोत रकम ५ देखी ८ रुपैयासम्म लिने गरेको वडा नं ६ का कर्मचारी फुर्वाछिरिङ्ग लाप्चाले बताए । जग्गाको मालपोत बुझाएपछि जग्गा धनीको स्वामित्व हुने र नामसारी, अंशबण्ड सम्मगर्न सकिने भएपनि केही समय बेचबिखन भने गर्न नपाइने ब्यवस्थित बसोबास समिति रोङका संयोजक टंक थापाले बताए । 
स्थानिय बासीहरुको उल्लेखनिय उपस्थिति रहेर पाटापुर आधारभुत बिद्यालयमा भएको सो कार्यक्रम गाउ पालिकाको अध्यक्ष समसेर राईको प्रमुख आतिथ्यता, ब्यवस्थित बसोबास ब्यवस्थापन समिति रोङका अध्यक्ष टंक थापाको, अध्यक्षता  वडा सदस्य केशर प्रधानले संचालन गरेको कार्यक्रममा उपस्थ्ति सबैलाइ वडा सदस्य बिक्रम राईले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता