इलाम पुवामझुवाका बेलबहादुरको भिरबार लडेर मृत्यु

इलाम, २४ इलाममा एक वृद्धको भिरबार लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा इलामा इलाम नगरपालिका वडा नं. ३ वस्ने  ५४ वर्षका बेल बहादुर गुरुङ  रहेका छन् । उनी मंगलबार घरबाट आलुको बिउ लिन जान्छु भनि हिनेकोमा बेलुका सम्म घर नफर्किए पछि  आफन्तले खोज तलास गर्दै जाने क्रममा सन्दकपुर गाउँपलिका वडा नं. १ को अप्ठ्यारोखोप भन्ने भिरबाट लडी मृत्यु अवस्थामा फेला परेका हुन ।  
आफन्तले आज बिहान जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराउना साथ तत्काल इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी गएर कानुनी प्रकृया पुरा गरी सवलाई पोष्टमाटामको लागि इलाम अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता