फिक्कलमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुली, २४ माघः सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । फिकल गाउँपालिका–२ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ४ महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । जीपमा सवार ७ जना घाइते भएका छन् । मृतक सबैको सनाखत भएको छ ।
कुन्तमान तामाङ, अनिता महत, तिलमाया विक, लक्ष्मी बिक, शान्तामाया श्रेष्ठको सनाखत भएको प्रहरीले जनाएको छ । सिन्धुलीमाडीतर्फ गइरहेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको हो । न्युज२४बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता