देउमाइको निःशुल्क शिविरमा १५ सयको स्वास्थ्य जाँच

इलाम, २४ माघ  : इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा दुईदिने स्वास्थ्य शिविरमा १५ सयले स्वास्थ्य जाँच गराएका छन् । देउमाई नगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको शिविरमा जिल्लाका १५ सयले स्वास्थ्य जाँच गराएका हुन् । 
बुधबारबाट सुरु भएको बिहिबार सकिएको हो । स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा मुटुरोग, प्रसुति तथा स्त्री रोग, बालरोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी साथै  ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइएको थियो । अपेक्षा बमोजिम नै स्थानीय बासिन्दा सेवा लिन आएको वडाअध्यक्ष राजेन्दै वाँस्तोलाले जानकारी दिए । शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेका थिए । 
पहिलो दिन नै आँखा, नाक कान, घाँटी लगायत शरिरको गरि १२ जनाको सामान्य शल्यक्रिया गरिएको थियो भने आज १८ गरि ३० जनाको शल्यक्रिया गरिएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता