इलाम नगरपालिकाले प्रदुषण कर हटायो, घरबहाल कर वढायो

इलाम २४ माघः जिल्लावासीको चर्को विरोध पछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर अव हटाउने भएको छ । इलाम नगरपालिका भित्रका पम्पहरुबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर बुधबार वसेको नगरकार्यपालिकाको वैठकले हटाउने निर्णय गरेको हो । 
संघीय सरकारले यस अघि नै यो कर हटाउन पत्र पठाएपनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । संघीय अर्थ मन्त्रालय मार्फत नै यो कर उठाउन आदेश आएपछि आफुहरुले यो कर उठाउन थालिएको इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले वताए ।  
यस नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको थियो । अव फागुन १ गतेबाट ५० पैसा कर नलिने इलाम नगरपालिकाका प्रमुख वस्नेतले वताए । उनका अनुसार प्रतिलिटर ५० पैसाका उठाइएको र उठेको रकमबाट ३१ प्रतिशत नगरपालिकाले खर्च गर्ने र बाँकी १९ प्रतिशत संघीय अर्थ मन्त्रालयमा पठाइँदै आइएको थियो । 
हालसम्म अर्थात करिव पाँच महिनाको अवधिमा अतिरिक्त शुल्क मार्फत पाँच लाख रकम संकलन भएको वताइएको छ । जिल्लावासीले प्रदुषण कर सवारी खरिद गर्दा नै तिरिसकेकाले इलाम नगरपालिकाबाट लिँदै आइएको कर हटाउन माग गर्दै आएका थिए । इलाम नगरपालिकामा दुई वटा इन्धन विक्रि गर्ने पम्पहरु छन् । 
त्यस्तै नगर कार्यपालिकाको वैठकले घरबहाल कर वढाउने निर्णय गरेको छ । हाल सम्म इलाम नगरपालिकाले घरबहाल कर भनेर ७ प्रतिशत लिँदै आएको थियो । अव आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख महेश वस्नेतले जानकारी दिए । प्रदेश सरकारबाट नै न्युनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर वढाउन लागिएको प्रमुख वस्नेतको भनाई छ । उनले घरबहाल कर १२ प्रतिशत सम्म लिन पाउने प्रावधान रहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 
त्यस्तै इलाम नगरपालिका बुधबार नयाँ भवनमा सरेको छ । २०७२ सालमा भएको भूकम्पले नगरपालिकामा क्षति पुगेपछि २०७३ सालबाट नयाँ भवन बनाउन सुरु गरिएको थियो । करिव साढे दुई करोडको लगानीमा निर्माण गरिएको भवन दुई तला रहेको छ । अव त्यस माथी पुन सुविधासम्पन्न भवन निर्माणका लागि प्रक्रिया अगाडी वढिसकेको नगरप्रमुख वस्नेतले वताए । करिव साढे तीन करोडको लगानीमा बन्ने थप भवन सुविधा सम्पन्न हुने र मिडियाले त्यहिँबाट नगरसभा र नगर कार्यपालिकाको वैठक लगायतका कार्यक्रम प्रतक्ष प्रशारण गर्नसक्ने खालको वनाइने उनले वताए । पुरानो भवन चर्किएपछि हालसम्म नगरपालिका भाडाका घरबाट सञ्चालन हुँदै आएको थियो । 
इलाम नगरपालिकाको कामलाई प्रभावकारी र पारदर्शी वनाउन सवै वडाहरुमा इन्टरनेट जडान भइसकेको र आफ्नै सफ्ट्व्ेयर मार्फत काम हुन थालेको वताइएको छ । 
भवन निर्माण भएपनि हालसम्म यस नगरपालिकामा कर्मचारी अभाव रहँदै आएको छ । यहाँ दुई सय ३० जना कर्मचारीको दरवन्दी रहेपनि हाल एक सय ५२ जना मात्र कर्मचारी रहेको वताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता