सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना : दुईको मृत्यु, ४० घाइते

बनेपा । सिन्धुलीमा जन्ती बाेकेकाे टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजे दुर्घटना भएकाे हाे ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिएकाे काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटना परी ४० जना घाइते भएका छन् ।  घाइतेमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझीकाे अवश्था गम्भिर रहेकाे छ । सात जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता