इलामका माङ्सेबुङ गापा र देऊमाई नपाका दुईवटा कृषि सडक कालोपत्रे हुँदै

फायल फोटोः इलामका ग्रामिणसडकहरु वर्षद् शुरुभएसँगै हिल्याम्मे भएर सडक मर्मत गर्दै सवारी चलाउँछन् चलाकहरु ।
इलाम, २४ माघः इलाममा चालु आर्थिक वर्षको सम्भवत सबैभन्दा ठूलो बजेटको योजनामा पर्ने एउटा सडक कालोपत्रे गर्ने आयोजनाको बुधबार शिलान्यास भएको छ । मेची राजमार्गबाहिर फिक्कल–पशुपतिनगर र नेपालटार–मङ्गलबारेका दुईवटा सडकमा जम्माजम्मी २२ किलोमिटरबाहेक जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्रे योजनाको शुरुवात भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार०को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत मूल्य अभिबृद्धि करसहित ५९ करोड ८२ लाख ८४ हजार ४४४ रुपैयाँ बजेट रहेका दुईवटा सडक कालोपत्रे गर्ने आयोजना शुरु भएका हुन् । उक्त बजेटले नेपालटार– शान्तिडाँडा– मंगलबारे– धुसेनी– गजुरमुखी– इभाङ– चतुरेमोड– दमक सडकको माङ्सेबुङ २ इभाङको तिखेगोलाईदेखि माङ्सेबुङ ३ चतुरेसम्म १३ दशमलब २७९ किलोमिटर बाटो कालोपत्रे स्तरमा स्तरोन्नति गरिने भएको छ । त्यस्तै सोही बजेटले मङ्गलबारे– पुङफुङ– एकातप्पा– शिकारीभञ्ज्याङ– फाकफोक– रवि सडकको मङ्गलबारे बसपार्कदेखि शिकारी भञ्ज्याङ जाने साढे नौ किलोमिटर बाटो कालोपत्रे गरिने भएको छ ।
गजुरमुखी धामदेखि साढे दुई किलोमिटर पश्चिम तीखे गोलाईदेखि चतुरेसम्मको सडक कालोपत्रे गर्ने कामको शिलान्यास बुधबार माङ्सेबुङ गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गो र निर्माण गर्ने कम्पनी काठमाण्डौको कालिका÷गजुरमुखी जेभीका प्रबन्ध निर्देशक दीपक गौतमले संयुक्त रूपमा गरेका हुन् । शिलान्यास पछि उक्त सडकको काम तत्काल शुरु हुने निर्देशक गौतमले सन्दकपुरलाई बताए ।
तीखेगोलाईदेखि चतुरे र मङ्गलबारे बसपार्कदेखि शिकारीभञ्ज्याङ दुवै सडकको काम एउटै आयोजनाको रुपमा एउटै कम्पनीले निर्माणको ठेक्का लिएको हो । निर्माण कम्पनीले पाँच वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रुपमा कार्य सम्पन्न गर्नुपर्ने शर्त रहेको छ । 
पाँच वर्षमध्ये दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माणका बखत भएका कमी कमजोरी सच्याएर सुधार गर्नका लागि अर्को एक वर्ष दिइएको छ भने बाँकी दुई वर्ष कार्य सम्पादनका आधारमा मर्मतसम्भार गर्नुपर्ने समय कम्पनीलाई दिइएको छ ।
यो आयोजनाको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने भएको छ । गत मङ्सिर २५ गते आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलीडारबचि सम्झौता भएको थियो ।
निर्माण हुने दुवै सडक कृषि सडकको मापदण्डका आधारमा निर्माण हुने भएका छन् । जम्मा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नाली बाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुने भएको निर्माण कम्पनीका दिपक गौतमले जानकारी दिए । 
अध्यक्ष डिकेन्द्र इदिङ्गोले विकट रूपमा रहेको माङ््सेवुङमा सडक निर्माण शुरु भएकोमा खुशी ब्यक्त गरे । उनले गजुरमुुखीदेखि दमकसम्मको सडक राष्ट्रिय सडकमै प्राथमिकतामा पार्न आफूहरूको प्रयास हुने बताए ।  मेची राजमार्गदेखि मङ्गलबारे सडक खण्ड यसअघि नै कालोपत्रे भइसकेको छ भने मङ्गलबारे गजुरमुखी सडक यसअघि नै ग्राभल गरि स्तरोन्नति भएको छ । 
गजुरमुुखीदेखि झापाको दमक दैनिक रुपमा ट्याक्सी सञ्चालन हुदै आएको र गजुरमुखी धामको विकासमा निर्माण शुरु भएको सडकले महत्वपुुर्ण भूमिका खेल्ने भएको छ । गजुरमुखी–चतुुरे १५ किलोमिटर र चतुरे–दमक २५ किलोमिटर पक्की हुने क्रममा रहेकाले माङ््सेबुङ क्षेत्रको विकासमा महत्वपूर्ण फड्कोे मार्ने प्रमुख इदिङ्गो बताउँछन् । यो समाचार आजको सन्दकपुर दैनिकले छापेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता