नवयुग चम्किदा आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा १२ फागुन, त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हिमालयन शेर्पा क्लबलाई ३–१ ले पराजित गर्दै आर्मीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
खेलमा अग्रता भने हिमालयन शेर्पाले प्याट्रिक प्रिभाट गोहाको गोलमार्फत गरेको थियो । २७ औं मिनेटमा गोहाले त्रिदेव गुरुङको पासलाई हेडमार्फत पोस्टको दिशा दिए । ७१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमार्फत खेलमा फर्किएको आर्मीका लागि उनले नै ८० औं मिनेटमा दोस्रो गोल गरे । ९१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले थप एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच नवयुग नै बने । खेलको पहिलो हापमा आर्मीका खेलाडीले सोचेजस्तो खेल्न नसकेको प्रशिक्षक नवीन न्यौपानले स्वीकार गरे । ‘भर्खरैमात्र हामी भुटानबाट आएका हौं,’ उनले भने, ‘खेलाडी थकित थिए । त्यसैले पहिलो हाफमा कौशल देखाउन सकेनन् । तर दोस्रो हाफमा सम्हालिए ।’
हिमालयन शेर्पा क्लबका टिम म्यानेजर विजेन्द्र पुडाशैनीले डिफेन्समा कमजोरी भएकाले हार्नुपरेको बताए । ‘पटकपटक हामीले काउन्टर अट्याक पनि मिस ग¥यौं । त्यसमाथि हाम्रो डिफेन्स इरर देखियो ।’ उनले अघिल्लो खेलभन्दा यसपटक खेलाडीले राम्रो खेलेको बताए । सोमबार थ्रीस्टार क्लब र युनाइटेड सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता