सात खाल्डे सहिद स्मृति गोल्डकपः आज दुई खेल हुँदै

इलाम, ३ फागुनः इलामको नेपालटारमा भइरहेको सात खाल्डे सहिद स्मृति गोल्डकपमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल ११ बजे पाँचथर फुटबल क्लव पाँचथर र हेलिवोथ फुटबल क्लव इलाम विच हुने छ भने दोस्रो खेल जे.एफ.सी. र तप्लेजुङ फुटबल क्लव विच दिनको १ बजेबाट शुरु हुने छ । हिजो भएको खेलमा इलामको रेर्ड हाउसले दमकलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।   
नेपालटार मा.वि. को खेल मैदानमा भइरहेको खेल नेपाल तरुन दल इलाम क्षेत्र नं. ३ ले आयोजना गरेको खेलको फाइनल खेल ७ गते हुने छ । साविक मेची अञ्चलका ८ ओटा टिमको सहभागिता रहेको  प्रतियोगितामा विजेताले १ लाख पाँचहजार र उपविजेताले ५१ हजार  पाउने छन् । प्रथम पुरस्कार नेपाली कांग्रेसका नेता तथा समजसेवी डम्बर खड्काले उपलव्ध गराएका हुन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता