![]() |
File photo |
इलाम, ३ फागुनः भारतको भुवनेश्वरमा भइरहेको हिरो गोल्डकप फुटबलको फाइनलमा नेपाली महिला टोलीले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ। चार टोली सहभागी गोल्डकपमा नेपालले लिग चरणको उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको हो।
तीन खेलमा नेपालले दुई जित र एक हार बेहोर्नु परेको थियो। म्यानमार सबै खेल जितेर समूह विजेता बन्दै फाइनलमा पुगेको हो। लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले निकै बलियो मानिएको टोली इरानलाई ३–० गोलले हराएको थियो। अर्को खेलमा म्यानमारले आयोजक भारतलाई २–० गोलले हराएपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो। लिग चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको थियो। २०१८ को ओलमपिकमा भएको नेपाल र म्यानमार विचको खेलमा एक एक गोलको बराबरी खेलेको थियो ।
फाइनलमा नेपाललाई म्यानमारसँग लिग चरणमा भोगेको हारको बदला लिने राम्रो अवसर पनि जुरेको छ। नेपालले दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले पराजित गरेको थियो। सिनियर महिला टोलीले भारतलाई हराएको यो नै पहिलोपटक हो।