इलामको मोर्डन क्याम्पसमा प्रहरीसँग एक दिन

इलाम, ३ फागुनः समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी संग १ दिन कार्यक्रम संचालन गरिएको छ। 
कार्यक्रममा इलाम ७ मा रहेको मोर्डन  क्याम्पस इलामका शिक्षक, शिक्षिका एबं विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागिहरु माझ प्रहरी कार्य संग सम्बन्धित बिभिध बिषयहरुमा छलफल गरिएको थियो भन्ने प्रहरी कार्यालय प्रबेश गर्दा नागरिकलाई सहज होस भन्ने उदश्यले जिल्ला प्रहरी कार्यालय परिसरमा झट्ट देखा पर्ने आर.पि.,सेन्ट्री, नागरिक सहयोगी प्रहरीको बारेमा जानकारी गराइएको थियो, जिल्ला प्रहरी कार्यलय इलामले दैनिक रुपमा कार्य सम्पादन गर्ने डिउटी अधिकृत कक्ष, नागरिक सहायता कक्ष, कार्य तथा बिशेष शाखा, अपराध अनुशन्धान शाखा, महिला तथा बालबालिका सेवा केन्द्र,कर्मचारी प्रशासन तथा तालिम शाखा,हिरासत कक्ष, कार्यालय प्रमुख कक्ष, आर्थिक प्रशासन कक्ष, संचार शाखा, सामुदायिक शाखा लगायत विविध शाखाहरुमा अवलोकन भ्रमण समेत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरु माझ समुदाय प्रहरी जिल्ला समिति ईलामका सह(संयोजक एबं जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरिक्षक माधब प्रसाद श्रेष्ठले आफ्ना प्रस्तुतिकरण एबं अन्तरकिरिया गर्नु भएको ।
नागरिकलाई कसरी सहजताका साथ प्रहरीबाट सेवा दिने र नागरिक मैत्रि बनाउने भन्ने सम्बन्धमा मोडर्न क्याम्पस इलामका बिधार्थिहरुलाई प्रहरी कार्यालयमा प्रबेश देखी जनतासंग प्रत्यक्ष सरोकार राख्ने शाखाहरु, प्रहरीलाई कसरी सम्पर्क गर्ने भन्ने सम्बन्धमा प्रहरी सहायता कक्ष,प्रहरी कन्ट्रोल रुम,महिला तथा बालबालिका सेवा कक्ष,हिरासत कक्ष लगायतको अवलोकन भ्रमण पछी अपराध नियन्त्रण तथा रोकथाम न्युनिकरण लगायतका बिषयमा जानकारी गराई कार्यालय प्रमुख संग अन्तक्रिया कार्यक्रम समेत भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता