नेवि संघको आन्दोलन जारी प्रधानमन्त्रीको पुत्ला बनाएर नेपालटारमा शव यात्रा" (भिडियो सहित)


काठमाडौं माघ १८ :  नेपाल विद्यार्थी संघ सरकार विरुद्ध झनै आक्रोशित बन्दै गएको छ। चिकित्सा शिक्षा जबर्जस्ति पास गरेपछि आन्दोलित बनेको नेबि संघले आज प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला बनाएर सव यात्रा निकालेको छ। काठमाडौंको नेपालटार बाट निकालिएको सव यात्रा बिष्णुमति खोलामा लगेर जलाएर समापन भएको थियो। 

सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारीको नेतृत्वमा निकालिएको सव यात्रालाई सरकारी गाडीले अवज्ञा गर्न खोजेपछि नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले गाडी तोडफोड गरेका थिए। तोडफोड पछि प्रदशनकारी र प्रहरी बिच धकेला धकेल भएको थियो। सरकारले तत्काल चिकित्सा शिक्षा विधेक खारेज नगरे नेपाल विद्यार्थी संघले झनै कडा आन्दोलन गर्ने नेपाल विद्यार्थी संघ नेता अनुराग शाहले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता