इलामको चुलाचुलीमा चिरानकाठ, २० साइकल सहित चार जना पक्राउ

इलाम, २९ माघः इलामको चुलाचुली ५ सिंधुवा खोलाबाट आज विहान सखुवाको चिरानकाठ,  २० वटा साइकल सहित चार जनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।
पेल्टीमारी प्रहरी चौकी इलामबाट निस्किएको प्रहरीको गस्ती टोलीले साईकलमा लोड गरी अबैध रुपमा लादै गरेको सखुवा जातको काठको अन्दाजी ८० कि.बि. बराबरको काठ तथा सो काठ ओसार्न प्रयोग गरेको साईकल थान २० समेत बरामद गरी काठ ओसार्ने ४ जना समेतलाई पक्राउ गरेको हो ।
प्रहरीले माङ्सेवुङ ४ का १९ वर्षिया सबिन लिम्बु, २१  वर्षिया राजुकार लिम्वु, १३ वर्षका सगुन लिम्बु र १५ वर्षका सुभित राईलाई पक्राउ गरेको हो ।
 पक्राउपरेकालाई  आवश्यक कार्वाहीको प्र्रक्रिया अगाडि वढाइरहेको छ । पक्राउ परेको काठ डिभिजन बन कार्यालय चुलाचुलीमा बुझाईएको छ ।
                                     
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता