इलामको देउमाई नगरपालिकामा भोली सार्वजनिक बिदा

इलाम, २९ माघ : इलामको देउमाई नगरपालिकाले भोली एक दिन सार्वजनिक विदा दिने भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमर कुमार नेम्बाङको असामयिक निधन भएकोले शोक विदा गरिएको हो ।
नगरपालिकाले आज माघ २९ गते एक सूचना जारी गरेर भोली फागुन १ गते देउमाई नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, पशु शाखा र कृषि शाखा पूर्ण रुपमा विदा रहने जनाएको छ । प्रमुख नेम्बाङको गत शनिबार एउटा कार्यक्रममा संवोधन गरेपश्चात आकश्मिक ढलेर मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता