इलामेली सेवा समाज कुबेतको प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन जुन १४ मा

इलाम, २९ माघः  इलामेली सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक शुक्रबार हुने भएको छ । कार्यक्रममा बिभिन्न सास्कृतिक प्रस्तुती समेत हुने भएको छ ।
समाजले आफ्नो वार्षिकोत्सव तथा अधिबेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न स्थानीय कलाकारहरुको प्रस्तुतिहरु रहने  छ। उक्त दिन कुवेतमा रहेका कृयाशिल नेपाली संघ सस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी  सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन र उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन समेत समाजले  आग्रह गरेको  समाजका सल्लाकार तथा माइपोखरी न्युजका कुवेत प्रतिनिधि रोशन हाङ्खीमले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता