नेपाली सेनाले यसरी गरायो विद्यार्थीलाई तन्दुरुस्त र अनुशासित बनाउन इलाममा खेल प्रशिक्षण (फोटो फिचर)

इलाम, २९ माघः इलाममा विद्यार्थीहरुलाई तन्दुरुस्त र अनुशासित बनाउन खेल प्रशिक्षण दिएको छ । नेपाली सेनाको पशुपतिप्रसाद गण र इलाम प्याप्सनको संयुक्त पहलमा खेल प्रशिक्षण दिएको हो ।
इलाम जिल्लामा रहेका ७ वटा विद्यालयका ६० जाना विद्यार्थलाई नेपाली सेनाले बास्केटबल र भलिवल प्रशिक्षण दिएको हो । इलामको गढिथुम्कामा रहेको पशुपतिप्रसाद गणको  खेल मैदानमा ९ दिन सम्म प्रशिक्षण कार्याक्रम भएको थियो ।
देशको विकास र अनुशासनका लागि खेलको भूमिका महत्वपूर्ण भएको र जिल्लामा भएका राम्रा खेलाडीहरुको पहिचन गर्र्नको लागि पनि सो प्रशिक्षण गरिएको नेपाली सेनाले जनाएको छ ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्र्तगत खेल अनिवार्यभएकोे र नेपाली सेनाले प्रशिक्षण दिनकोलागि आफुहरुलाई विद्यार्थी पठाउन अनुरोध गरे अनुरुप विद्यार्थी पठाएर प्रशिक्षणमा सहभागी गराएको र यसबाट विद्यार्थीहरुले धेरै कुरा सिक्ने मौका पाएको र विद्यार्थीहरुको खेल कौशलमा विकास गर्न प्रशिक्षणले राम्रो भूमिका खेलेको  इलाम जिल्ला प्याप्सनकी उपाध्यक्ष नुनुमा राई  वताउँछिन् ।
प्रशिक्षक विद्यार्थीहरुले पनि आफुहरुले यस प्रशिक्षणबाट धेरै कुराहरु सिकने अवसर प्राप्त गरेको वताएका छन । उनिहरुले आफुले नजानेका धेरै खेलका नियमहरु सिकेको र भविष्यमा पनि यस्ता कार्यक्रम भए आफुहरुले धेरै कुरा सिक्न पाउने वताउँछन् ।
विद्यालयका विद्यार्थीहरुलाई खेलको माध्यमबाट अनुशासित बनाउन सजिलो हुने र जिल्लाम यस्ता खेलकुद प्रशिक्षण भइरहने हो भने विद्यार्थीको खेल प्रतिको अकार्षण वढ्दै जाने पशुपति प्र्रसाद गणका प्रमुख सेनानी गणपति असिम दिप गुरुङले वताए । प्रशिक्षण कार्यक्रमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सीना, प्रहरी नायव निरिक्षक मादव प्रसाद श्रेष्ठ  लागायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता