
इलाम । दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्डा०को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ। जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ ९माईपोखरी–सुलुबुङ र माइमझुवा०को संगमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो । कुकुर र जंगली जनावरका शिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्र्या्िपङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताउनुभयो ।
लजालु प्रकृतिको दुर्लभ रेडपान्डा शिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जंगली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक फिञ्जु शेर्पाले बताउनुभयो। रेडपान्डाको संरक्षणका लागि रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङमा सन् २०११ देखि काम गरिरहेको भए पनि जंगली जनावरबाट जोगाउने कार्यक्रम भने हालसम्म सार्वजनिक भएको थिएन। तर गाउँपालिकाले रेडपान्डाको सङ्ख्या वृद्धि गराउन प्रजनन केन्द्र स्थापना गरेको हो ।
गाउँपालिकाले केन्द्र स्थापना गर्नका लागि चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। टप्पु क्षेत्रमा रहेको करिब २ हेक्टर जमिनमा केन्द्र स्थापना गरिएको हो। प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूखबिरुवा रहेकाले उक्त प्रजातिका रूखबिरुवा वनको नियमअनुसार हटाएर रेडपान्डाको आहाराको रूपमा रहेको ट्यागा, मालिङगो र भालुचिण्डे लगाउँदै त्यसलाई विस्तार गर्ने प्रवक्ता खनालले जानकारी दिनुभयो । लोकल सन्देशबाट साभार