इलाम, ४ फागुनः आज विहान इलाम वसपार्क वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय, प्रहरी पालिका समिति नगरपालिका इलाम तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको सयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समिति इलामको प्रमुख गणेश प्रसाद बराल, इलाम नगर प्रमुख महेश बस्नेत,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ,शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का,प्रमुख अनुशन्धान अधिकृत तुलसी कटेल,उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आन्नद कटेल,पुर्वेली जीप तथा ट्याक्सि यातायातका महासचिप मदन श्रेष्ठ तथा समुदाय प्रहरी पालिका समिति इलाम नगरपालिकाका पदाधिकारीहरुको उपस्थितिमा इलाममा रहेको बसपार्क, ट्याक्सि स्टेन सरसफाई गरी समुदाय(प्रहरी साझेदारी लेखिएको डसबिन समेत राखी बसपार्क तथा ट्याक्सि स्टेन आसपास असल चालकले अपनाउनु पर्ने सन्देश मुलक बोर्डहरु समेत राखेको छ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता