सात महिनामा इलाममा एक लाख पर्यटक भित्रिए

इलाम, ४ फागुनः इलाममा यो आर्थिक वर्ष शुरु भएको सात महिनामा एक लाख पर्यटक भित्रिएका छन् ।
सात महिनामा पर्यटन सूचना केन्द्र जोरकलशमा दर्ता भएको पर्यटनकको विवरण अनुसार १ लाख २ सय ११ जना पर्यटक भित्रिएका हुुन । 
जसमा ४४ हजार ७ सय ७६ जना महिला र ५५ हजार ४ सय ३५ जना पुरुष रहेका छन् । इलाम भित्रिने पर्यटकमा आन्तरिक  पर्यटकको संख्या धेरै रहेका छन् वाहिय पर्यटको संख्या भने न्युन रहेको छ । सात महिनामा ९९ हजार ७ सय ९३ जना आन्तरिक पर्यटक र ४ सय १८ जना वायह् पर्यटक भित्रिएका छन् । यस्तै इलाममा भित्र्ने अन्य धेरै पर्यटकरुको डाटा राख्न पनि गाह्रो भएकोले पनि सवैको डाटा इन्ट्री हुन नसकेको पनि हुन नसकेको सुचना अधिकृत गगन घिमिरेले माइपोखरी न्युजलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता