देउमाइको शिविरको पहिलो दिन नै एक हजार वढिको स्वास्थ्य जाँच, १२ को शल्यक्रिया

इलाम, २३ माघः  इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा दुइदिने स्वास्थ्य शिविर सुरु भएको छ । देउमाई नगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबारदेखि दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । 
मुटुरोग, प्रसुति तथा स्त्री रोग, बालरोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी साथै  ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइने वताइएको छ । शिविरमा पहिलो दिन नै एक हजार भन्दा बढी स्थानीय बासिन्दा सेवा लिन आएको वडाअध्यक्ष राजेन्दै वाँस्तोलाले जानकारी दिए । शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरिरहेको छ । शिविरमा निशुल्क स्वास्थ्य जाँच गरिए पनि औषधी विरामीले स्वयम खरिद गर्नु पर्ने वताइएको छ । 
पहिलो दिन नै आँखा, नाक कान, घाँटी लगायत शरिरको गरि १२ जनाको सामान्य सल्यक्रिया गरिएको थियो । 
शिविर सुरुहुनु अघि वडाअध्यक्ष राजेन्द्र वाँस्तोलाको अध्यक्षता तथा देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्य, महादिवेशन प्रतिनिधि नगेन्द्र कुमाल, नेका इलामका सचिव खगेन्द्र देवान, महादिवेसा प्रतिनिधि सदस्य केदार थापा, नोवेल अस्पताल विराटनगरका प्रवन्धक नारायण दाहाल लगायतले मन्तब्य राख्दै शिविरले ग्रामिण भेगका जनतालाई सेवा पुर्याउनेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता