देउमाईमा दुईदिने निःशुल्क स्वस्थ्य शिविर शुरु



इलाम, २३ माघः इलामको देउमाई नगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबारदेखि दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । 
मुटुरोग, प्रसुति तथा स्त्री रोग, बालरोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी र ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइने गरि शुरु भएको शिविरमा एक हजार भन्दा बढी स्थानीय बासिन्दा सेवा लिन आएका थिए । 
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिइने शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २४ जना स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सेवा दिइरहेको छ । शिविरमा औषधी भने निःशुल्क उपलब्ध गराइएको छैन । शिविरमा मातृभूमि आमा समूहले सहआयोजकको भूमिका निर्वाह गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता