आइपीएलः आज पञ्जाव र कोलकत्ताको खेल, दुवै टीम जीतको लय कायम गर्ने दाउमा

इलाम, १३ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) आज सारुक खानको कोलकत्ता नाइटराईडस र प्रिती जिन्टाको किंग इलेभेन विच कोलकत्तामा हुने छ । 
अघिल्लो खेलमा पञ्जावले राजस्थान रोयलस्लाई १४ रनले हराएको थियो । क्रिस गेलको व्याटीङमा पञ्जावले जीत निकालेको थियो । कोलकत्तताले पनि सनराईज हैदाराबादलाई ७ विकेटले हराएको थियो हार बेहोरी सकेको खेलमा कोतकत्ताका आन्द्रे रसोलले विष्फोटक व्याटीङ गर्दै आफ्नो टीमलाई जीत दिलाएका थिए । 
भारतीय विकेटकिपर दिनेश कार्तिको कप्तानीमा रहेको टीममा क्रिस लेन, रोविन उथप्पा, नितिश राना, सुभमान गिल जस्ता व्यट्समेत छन् भने अन्द्रे रसोल जस्ता म्याच विनर अलराउण्डर पनि छन् । कोलकत्ताको वलीङ लाईन पनि बलियो छ ।  सुनिल नारायण, प्युस चावला, कुलदिप यादव जस्ता राम्रा वलर सहित कोलकत्ता आज हुने आफ्नो दोस्रो खेलमा पनि जीत निकालन चहाछ । 
भारतीय स्पीनर रविचन्द्र आस्वीनको कप्तानीमा रहेको किंग इलेभनेन पञ्जावमा विस्फोटक ब्याट्मेन क्रिस गेल, लोकेश राहुल मयंक अग्रवाल, सरफराज खान जस्ता राम्रा व्याट्समेन रहेका छन् । पञ्जावको वलिङलाईनमा पनि महमोद समी, मुस्तफिज रहमान, अंकित राजपुत जस्ता राम्रा बलर छन् । 
आईपीयलको पछिल्ला ५ भेटमा २ खेल पञ्जावले जीतेको छ भने ३ खेल कोलकत्ताले जीतको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता