समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक नाटक प्रदर्शन

इलाम, १३ चैत्रः विश्व रंगमञ्च दिवशको अवसर पारी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा मानव अधिकार मञ्च इलाम र चेतना नाट्यर समुह इलामको आयोजनामा बुधबार सडक नाटक प्रदर्शन गरिएको छ ।
इलाम चोकबजारमा जनचेतनामुलक सडक नाटक “विदेशी भूत” प्रर्दशन गरीएको हो । वर्तमान समयमा देशका दक्ष युव जनशक्ति रोजगार,अध्यन एवं अन्य बिविध कारणले बिदेश पलायन भई रहेको तथा बिदेश जाने शिलशिलामा अनबिज्ञताका कारण देश भित्रै बाट ठगिने, ठुला सपना बोकेर बिदेश पलायन हुने तथा फर्किने बेलामा आफु अङभङ हुने कुरा सो नाटकमा समाबेश भएको छ ।साथै हाल नेपाल सरकारले युवा वर्गलाई लक्षित गरी ल्याएको प्रधान मन्त्री स्वरोजगार कार्यक्रम समेत बिषय बस्तुको उठान गरी देश भित्र पनि केही गरी भबिश्य बनाउन सकिन्छ भन्ने उदेश्यका साथ उक्त नाटक प्रदर्शन गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता