माईभ्याली गोलडकपः नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

इलाम, २७ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा नेपाल पुलिसले भारतको युनाइटेड दार्जिलिङलाई २–१ ले पराजित गरेको हो । 
। खेलको सुरुवातबाटै दबाब कायम राखेको पुलिसले छैटौ मिनेटमा अग्रता कायम ग¥यो । डिवक्स बाहिर पुलिसलाई खेलाडीलाई गोलरक्षक विनोद क्षेत्रीले डिएरिया बाहिर फाउल गरेपछि पाएको अवसरलाई सौजन्य याख्या राईले सिधै जाली चुमाए । दोश्रो हाफमा समेत दबाब कामय राख्दै पुलिसले ८१ औ मिनेटमा अग्रता दोव्वर बनायो । भरत शाहले डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुम्दा पुलिसले अग्रता दोव्वर बनाएको थियो । दार्जिलिङका करन राईले सान्तवाना गोल फर्काए । गोलरक्षक रोशन खडकालाई विट गराउँदै राईले गोल गरेका थिए । निरन्त पुलिसको पोष्ट आक्रमण बुनेको दार्जिलिङको प्रहारले सहि दिशा लिन नसक्दा क्वाटरफाइनलबाट बाहिरियो । दार्जिलिङ आयोजक माइभ्याली फुटबल क्लबलाई इन्जुरी समयमा १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा म्यानफ द म्याच सोजन्य यख्खा राई भएका थिए । प्रतियोगिता अन्र्तगत दोश्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पाको सामना गर्नेछ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता