माईपोखरीका होटलमा लागेको आगो नियन्त्रणमा, १ करोड ४० लाख बढीको क्षती (आगलागिको तस्वीर सहित)

इलाम, ३० फागुनः  इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी प्रवेशद्वार अगाडी रहेका होटलमा बिहीबार भएको आगलागिबाट ५ वटा होटल  पूर्ण जलेका छन् । 
दिउसो स्थानीय चक्रदिप मुखीयाको भान्सा घरबाट शुरु भएको आगोले ५ वटा होटल र होटलमा भएका सर सामान जलेर पूर्ण रुपमा नष्ट हुँदा १ करोड ४० लाख बढीको क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । 
आगलागिबाट चक्र मुखीयाको सहित , निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखीया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय पत्रकार युवराज पीसीले जानकारी दिनु भयो । 
आगलागिबाट चक्रदिप मुखीयाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाईएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान , नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाले संचालन गरेको १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ । 
यस्तै आगलागिबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षती भएका छ भने मिङमादिकी शेर्पाको होटल जलेर नष्ट हुँदा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन जलेर नष्ट भएको छ । 
आगो नियन्त्रणका लागि स्थानीय , नेपाल प्रहरी , नेपाली सेनाले प्रयास गरेका थिए । आगो नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल ढिलो गरी पुगेको स्थानीयले बताएका छन् । आगलागि पीडितको बिचल्ली भएको छ भने क्षतीको पूरा विवरण संकलन गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सुक्खा मौसम शुरु भए पछि इलामका बिभिन्न ठाउँमा आगलागि हुँने क्रम बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता