माईभ्याली गोलडकपः एपिएफलाई हराउँदै क्यामरुनी क्लब दाफिन्स सेमिफाइनलमा

इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा क्यामरुनी क्लब दाफिन्स विजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा सशस्त्र प्रहरी बलको टीम एफिएफलाई १–३ ले हराउँदै  क्यामरुनी क्लब दाफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले ३–१ गोल अन्तरले हराएको हो । दाफिन्सको जितमा पेटाङ्गाले २ गोल र मेजोभ्केले १ गोल गरे । 
खेलको १५ औ मिनेटमा काउन्टरमा मोजभ्केले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए । २१ औ मिनेटमा पेटाङगाले अग्रता दोव्वर बनाए । ३७ औ मिनेटमा रिवाउन्ड बललाई जाली चुमाउदै हरि कार्कीले अग्रता कम पारेपनि जितका लागी पर्याप्त हुन सकेन । ५७ औ मिनेटमा पेटाङ्गाले गोल  गरेपछि एपिएफलाई ३–१ ले हराउँदै दाफिन्स सेमीफाइनल पुगेको हो ।  दाफिन्सले फाइनल प्रवेशका लागी विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । एपिएफ जारी सिजनमा दाफिन्ससंग तेश्रो पटक पराजित भएको हो । यसअघि २१ औ तिलोत्तमा गोल्डकप र २१ औ बुढासुव्वा गोल्डकपमा एपिएफ पराजित बनेको थियो । आजको खेलको म्यान अफ दि म्याच दाफिन्सका पेटाङगा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा  शुक्रबार त्रिभुबन आर्मी क्लबले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर (केएफटिसी) बिच प्रतिस्पर्धा हुनेछ । 
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता