रामसार क्षेत्र माइपोखरीका होटलहरुमा भिषण आगलागी हुँदै

इलाम, ३० फागुनः इलामको सन्दकपुर गाउँपालिका स्थित माइपोखरी अघि रहेको होटलहरुमा आगलागी भइरहेको छ । आगलागीका कारण सो क्षेत्रमा रहेका ६ घर जलेर नष्ट भइसकेको सन्दकपुर गाँउपालिकाका कर्मचारी सुजन थापाले बताए । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखिया लगायत ६ जनाको घर जलेर नष्ट भएको हो । ती घरहरुमा आधा दर्जन बढि होटल तथा पसलहरु सञ्चालित थिए । नेपाली सेना, प्रहरी र स्थानीयले घरमा रहेको सामान बाहिर निकाल्दैछन । आगो नियन्त्रण बाहिर रहेको थापाले जानकारी दिएका छन । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल भरखरै मात्र माइपोखरी पुगेको छ । आगोलागी अपराहन्न साढे १ बजेटबा भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता