कहिले सञ्चालनमा आउला पेट्रोल खानी


  • गोबिन्द पौडेल 

बेलबारी,  ३० फागुनः अन्बेसन गरेर पत्ता लागेको पेट्रोल खानी कहिले संचालनमा आउछ भनेर स्थानियबासीहरु प्रतिक्षारत बनेका छन् ।
मुलुकमा ठूलठूला परिवर्तनहरु भयो ४६ सालमा पंञ्चायती ब्यवस्था फालेर बहुदलीय ब्यवस्था आयो , ५२ सालदेखी चलेको जनयुद्धको कारण नेपालमा संघिय गणतन्त्र आयो स्थानिय तहको चुनावपछि बिकेन्द्रिकरण भयो तर २०४५ सालदेखी मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका बडा नं ८ राधानगरमा संरक्षण गरेर राखिएको पेटोल खानी जस्ताको तस्तै र।हेको छ । पंञ्चायती ब्यवस्ताको अन्ततिर भाररले नाकावन्दि गरेको समयमा खानी तथा भूगर्व बिभागले अनुसंधान गरि पत्ता लगाएर सो स्थानमा खानी चलाउन चार बिघा जमिन समेत खरिद गरेको र सोही स्थानमा ३ हजार ४सय मिटर पाइप गाडेर माथिल्लो भागमा सिमेन्टले ढकनी लगाएर राखेको पेटोल खानी अहिले सम्म कसैले नहेरेको स्थानिय सुमन रिजालले बताए ।
 पूर्व पश्चिम राजमार्गको बेलबारी को राधानगरमा एउटा बोड राखेर खानीजाने बाटो दृेखाइएको र सो बाटोहुदै ५ किलोमिटरमा पुगिने सो  स्थानमा खानी अन्बेषण गर्दा सरकारी मानिसहरुले एउटा गतिलो टहरो बनाएर सामानहरु राख्ने गरेको भएपनि उनिहरु सो स्थान छाडेर गएपछि सो सामान कसैले नहेरेको र सो टहरो समेत जिर्ण भएको छ ।
सरकारले परनिर्भर हटाउदै सुखी नेपाल र समृद्ध नेपालीको नारा लगाएपनि ब्यबहामा खास काम गर्न नचाहेको स्थानिय बासीहरु बताउछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता