साफ च्याम्पियनसिप : बंगलादेश विरुद्ध भुटान प्रतिस्पर्धा गदै

इलाम, ३० फागुनः साफ च्याम्पियनसिपको आफनो दोश्रो खेलमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग भुटान प्रतिस्पर्धा गर्दैछ । ‘ड्रागन गल्र्स’को उपमाले परिचित भुटानी टोलीले सन २०१० यता बंगलादेशसंग ३ पटकको सामना गर्दै तिनै पटक पराजित भएको छ । पहिलो खेल नेपालसँग ३–० ले पराजित बनेको भुटान ९ बर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ । 
सन् २०१० यता बंगलादेश भुटान ३ पटक आम्नेसाम्ने हुँदा तीनपटक बंगलदेश हारेको छैन । सन २०१२ को दोश्रो संस्करणमा समेत टोली १–० गोलले पराजित बन्यो । बंगलादेश विरुद्ध भुटानले ३ खेलमा कुल १७ गोल व्यर्होरेको छ । साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रुपमा सन २०१० मा समुह चरणमा श्रीलंकासंग १–१ गोलको बराबरी रहेको छ । यता बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र २ संस्करणको सेमीफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा ७ जित, १ बराबरी र ७ खेलमा पराजित बनेको टोली भुटान विरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमीफाइनल पूग्ने रणनितीमा हुनेछ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता