माईभ्याली गोल्डकप : एपिएफ विरुद्ध अपराजित यात्रा कायम राख्ने दाउमा दाफिन्स


  • बिनय तिम्सीना

इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज क्यामरुनी टोली दाफिन्स फुटबल क्लबले विभागिय टिम एपिएफको सामना गर्नेछ । यसअघि २ पटक एपिएफ र दाफिन्स आमनेसामने भएका थिए । जस्मा दुवै खेल दाफिन्सले आफनो पक्षमा पारेको छ । पोखरामा सम्पन्न मनकामना केबलकार कपमा १–० गोल अन्तरले बिजय हासिल गर्दै दाफिन्सले नेपाली घरेलु फुटबलमा पहिलो उपाधी हात पारेको थियो । त्यसको ३ दिन नवित्दै धरानमा सम्पन्न २१ औ बुढासुव्वा गोल्डकपको क्वाटरफाइनलमा २–० ले एपिएफ पराजित बन्यो । दाफिन्स झापा गोल्डकपको चौथो संस्करणमा विभागीय टिम त्रिभुवन आर्मीसंग सेमीफाइलनमा पराजित बनेको थियो । 
इलाममा जित निकाल्दै एपिएफ २ पटकको पराजयको हारको पिडा विर्सन चाहन्छ भने पाहुना टोली दाफिन्सभने आफ्नो एपिएफ विरुद्धको अपराजित यात्रालाई कायम राख्न कसरत गर्नेछ । यसै बर्षबाट नेपालको घरेलु फुटबलमा सहभागिता जनाएको दाफिन्स टिमको माईभ्याली गोल्डकप सिजनको आठौ सहभागीता हो । दाफिन्सले पोखरा कप, तिलोत्तमा गोल्डकप, बुढासुव्वा गोल्डकपमा उपाधी आफनो पक्षमा पारेको थियो ।  त्यसैगरी शहिद स्मारक लिगमा कमजोर प्रर्दशन गरेको विभागिय टिम एपिएफको गोल्डकप प्रतियोगिताको प्रर्दशन पनि सन्तोषजनक भने छैन । एपिएफले जारी सिजनमा कुनै पनि गोल्डकप जित्न सकेको छैन । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता