आइपीएलः आजबाट शुरु विगत पाँच खेलको हारको बदला लिने दाउमा बैंगलोर

  • बिनय तिम्सीना

इलाम, ९ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) आजबाटबाट शुरु हुँदैछ । पहिलो खेल पूर्व भारतीय कप्तान महेन्द्र सिं धोनीको कप्तानीमा रहेको टीम चेन्नाई सुपरकिङ र भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको टीम रोयल च्येलन्जर बैंगलोरबीच हुँदैछ ।  चेन्नाईको चेन्नास्वामी स्टेडियममा आज नेपाली समय अनुसार बेलुका ८ः१५ बजेबाट खेल शुरु हुँदै छ ।  
भारतको आईपील विश्वभरी नै प्रख्यात छ । नेपालका युवा क्रिकेटर लेग स्पीनर सन्दिप लामिछाने पनि आईपिएलमा दिल्ली क्यापिटलबाट सहभागी रहेकाछन् । 
२०१८ को बिजेता  धोनीको टीम चेन्नाईले सनराईज हैदराबादलाई हराउँदै उपाधी जितेको थियो । गत सिजनमा अंकतालिकाको छैटौँ नम्बरमा रहेको भारतीय कप्तान विराट कोहोलीको टीम अहिले पहिलो खेलबाटै जीतको शुरुवात गर्न चाहान्छ भने धोनीको टीम साविक लयलाई निरन्तरता दिन चहान्छ ।
२००८ देखि १०१८ सम्मको ११ सिजनको आईपीयल यात्रामा ३ पटक फाइनलखेलेको बैंगलोरले उपाधी जित्न सकेको छैन । चेन्नाइले ९ सिजनको आफ्नो यात्रामा ७ पटक फाइनलखेलेको छ र ३ पटक उपाधी जीतीसकेको छ । २०१६ र ०१७ को सिजन नखेलेको चेन्नाईलाई भन्ने गरिन्छ अरु सवै टीम आईपीयलको फाईनल चेन्नाईसँग खेल्नको लागि खेलीरहेकाछन् । 
यस अघिल्लो सिजनमा यि दुईको खेलमा होम र अवे दुवै खेलमा चेन्नाइले बाजीमारेको छ । यतिमात्र हैन कि अघिल्ला यि दुई टीमको ५ भेटमा चेन्नाइलेनै बैंगलोरलाई हराएको छ । यसले गर्दापनि चेन्नाइको पल्ला भारी देखिन्छ । तर बैंगलोर पनि पुरानाकुरा भुलेर आफ्ना स्टार खेलाडीका साथमा मैदानमा उत्रने तयारीमा रहेको छ ।
बैंगलोरमा विश्वका सवैभन्दा राम्रा ब्याट्समेनन विराट कोहोली, विष्फोटक व्याट्समेन एबी डेविलियन्स, जस्ता राम्रा ब्याट्मेन रहेका छन् भने वीकेट किपरमा  पार्थीव पटेल, वलरहरु न्युजरल्याण्डका तीव्रगतिका वलर टीम साउथी, भारतीय वलरहरु उमेश यादव, मोहमद साराज, युजव्रेन्द चाहाल अलराउण्डरमा वासिङटन सुन्दर, मोइन अली जस्ता खेलाडीहरु रहेका छन् बैंलोरको गतसिजन भन्दा व्याटीङ विग्रीएको देखिन्छ । केही नयाँ भारतीय खेलाडी पनिरहेका छन् बैंलोरमा तर पहिलेको सिजनमा नखेलेको कारण कस्तो खेल्न सक्छन् हेर्न बाँकीनै छ । अघिल्ला सिजनमा पनि केही नयाँ खेल्लाडीले आइपिएलमा सन्सनी मचाई सकेकाछन् । 
यता चेन्नाइमा पूर्व भारतीय कप्तान महेन्द्र सिं धोनी, अस्ट्रेलियन व्याट्समेन शेन वाट्सन, साउथ अफ्रिकी व्याट्समेन फेक डुप्लेसी, भारतीय व्यट्समेन सुरेश रैना, अम्वती राइडु, केदार जाधव, मुरली विजय जस्ता भरोसवान खेलाडी रहेकाछन् भने अलराउण्डरमा भारतीय स्पीनर रविन्द्र जडेजा, ओस्टइन्डीजका ड्रेन ब्राब्रो र बलरहरुमा डेविट विली, दिपक चाहार, माहित शर्मा, स्पीनरहरु इमरान तहिर, हर्वजन सिं जस्ता खेलाडी रहेका छन् ।
भारतीय कप्तान विराट कोहलीको कप्तानीमा आईपिएलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका बैंलोरलाई पूर्व भातीय कप्तान धोनीको कप्तानीमा रहेको टीमले हराउने धेरै आधारहरु रहेकाछन् । २०१८ सिजन भन्दा कम्जोर देखिने बैंगलोर र गत सिजन झैँ देखिने चन्नाइविचको खेल हेर्न लायक हुने अनुमान लगाउन सकिन्छ । धोनीको होमग्राउण्डमा हुने खेलमा चेन्नाइले जीत निकल्दै आईपीयलको सुखद शुरुवात गर्न चहान्छ । बैंगलोरले पनि  विगत ५ खेलको हारको बदला लिएर पहिलो जीतका साथ आफ्नो आईपीएल यत्रा शुरु गर्न चहान्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता